हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : भाइ टीका र छठ

  • राज कुमार कार्की
    आयो भन्छन् सबले भाइ टीका अनि छठ
    पसिना बगाउदैछु हजुर मुग्लानमा मत

टीका लाउन पाइन दिदी बहिनी हात मैले
नदुखाउनु यसपटक चित्त बिन्ती गरे ऐले

Advertisement

टीका लाउनेछु मैले फेरि अब अर्को साल
मन भरि वेदना पीडा बोकि बसे यसपाला

Advertisement

भुन्टे कालीको भविष्य सबको जोडिए ऐले
त्यही भएर मुगलान नै बस्ने निर्णय गरे मैले

बुढा भए बा आमा हेरबिचार गर्नु राम्रो ऐले
लत्ताकपडा किनि राखेको छु सबलाई मैले

बनाउनु है गैरी खेतको पानी लगाउने कुलो
नत्र नचल्ला है अर्को साल फेरि घरको चुलो

बन्दै भयो बिद्यालय ऐले भुन्टे र कालीको
खेर नै गयो पढाई के गर्ने सब यसपालीको

जन्माउन सकिनन् धर्तीमाताले सपुत नेता
भ्रष्टाचार मात्रै भयो भन्ने सुन्दै छु मत त्यता

बसेका छन् खालि भनेर मात्रै उखानटुक्का
पर्खाइमा बसेका छन् अब त जनताको मुक्का

आयो सधै झै हिन्दु सबको ठूलो चाडपर्व छ्ठ
गोवर्द्धन पूजा देखि सुरु भै बनाइ दुईवटा चुलो

चतुर्थी निहाखा चोखो भै मिठाई फल खाने
पञ्चमी खरना ठेकुवा खिर बनाइ पूजा गर्ने

षष्ठी साझी घाट डालीमा कलश बोकि नदी
अस्ताउदो सूर्यलाई अर्घ दिई भर रात जागि

भजन गीत साथ रातभर धूप दीप बाली बस्ने
भाकल पूरा गर्न घुँडा धसि जागा सब बस्ने

सप्तमी हो समापन उदाउदो सूर्यलाई अर्घ
प्रसाद सब बोकि सब जन घर तिर फर्क

यसरी व्रत बस्नाले हुनेछ सबको भाकल पुरा
षष्ठी माताले पुरा गर्नु हुनेछ सब मनको कुरा

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)