स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज थपिए १ हजार १९७ जना कोरोना संक्रमित, थप ९ जनाको निधन

सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

योसँगै संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ। त्यस्तै गएको २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७६ हजार ३ सय ६४ रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article