समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धान थ्रेसर लगाउँदा आगलागी, १५ लाखको क्षति

दिपेश कार्की , उर्लाबारी । मोरङमा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

Advertisement

मंगलबार दिउँसो उर्लाबारी नगरपालिका वडा–३ चन्दने चोक बस्ने हरि गडतौलाको ट्रयाक्टर र थे्रसरमा आगलागी भएको हो ।

Advertisement

थ्रेसर लगाउने क्रममा अचानक आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट ट्रयाक्टर, थ्रेसर र पराल जलेको छ । आठ कट्ठामा लगाएको धान थ्रेसर गर्ने क्रममा अन्तिम समयमा एक्कासी अगलागी भएको प्रहरीले बताएको छ ।

आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article