समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा सरकारले गरे आत्महत्या

  जलथल – कात्तिक ४ l   हल्दिवारी – ४ का सरकार मुर्मुले आफ्नै घरमा झुन्डिए आत्महत्या गरेको पारम्भिक अनुसन्धाबाट खुलेको जलथल प्रहरीले जनाएको छ।
हल्दिवारी – ४ का वडा अध्यक्ष होम प्रसाद चुडालका अनुसार घरका अन्य सदस्य धान काट्न बाहिर गएको बेला घरको बरण्डामै झुन्डिए आत्महत्या गरेको हुन सक्ने बताएका छ्न ।
बिहान देखि रक्सी खाएर बसेका सरकारका श्रीमती ,२ छोरा २ छोरी रहेका छ्न भने एक छोरा वैदेशिक रोजगारीको लागि बाहिर रहेको बुझिएको छ ।अन्दाजी ५० बर्षका सरकार २ – ४ दिनदेखि अत्यधिक रक्सी सेवन गरेर बस्दै आएको छिमेकी हरुले बताएका छ्न ।
जलथल प्रहरी चौकीका अनुसार १०.३० बजे घटनाको बारेमा जानकारी पाएको र आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरीको टोलि घटना स्थलमा आउदै गरेको छ ।
वडा अध्यक्ष चुडालका अनुसार प्रहरीले अनुसन्धान र पोस्टमार्ट्म पछि मुर्मुको सवलाई आजै अन्त्येष्टि गरिने छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article