स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १७ जनाले ज्यान गुमाए

नेपालमा बिहिबार कोरोना संक्रमणबाट १७ जनाको निधन भएको छ । योसंगै कोरोनाबाट निधन हुने मानिसको संख्या १२७६ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना सुंक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८५ हजार ६३८ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article