साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : शिर्षक ” मनोतरंग “

  • दयानन्द गोस्वामी

भिजेका ती नयनहरु बाट जब
आशाहरू नै सबै बग्न लागे,

Advertisement

चाह्रै दिशा पराजितहरू जब
धैर्यता लाई परतले ढाक्न लागे,

Advertisement

त्यै पनि म आँखाहरु चिम्लेर
किन लामो स्वाँस लिएको छु?

ती आशाहरू लाई म बग्न दिन्न
कल्पनामा आज नी तरंगित छु,

जब हृदयको आफ्नो प्रिय नै
सदाको लागी तिरस्कार गरे,

तब समयको अति मनमानी
हरेक पलपल तडपाउन लागे,

विगत आफ्ना सारा भुलहरू
मनमा ओइलाएका फूलहरू,

संसार लाई किन प्रदर्शित गरुँ?
बरु समयमा समय संग लडुँ,

बगीरहेछ विपरीत त्यो बतास
बगोस न कहिले सम्म बग्ला?

हेर्ने छु समयको त्यो रफ्तार
आखिर सबैको अन्तिम हुन्छ,

यात्रामा जब बढनु त छँदैछ नी !
तथापि अथक पथिक को भाँति,

संघर्ष गर्दै लक्ष्यको दौरमा म
कल्पनामा आज नी तरंगित छु,

म सागरको तुफानी लहर हुँ
न त कुनै सिपी भित्र को मोती,

ती लक्ष्यहरू मेरा सुदूर नै छन्
अनी कस्ले निकटता देखाउँछ?

नाना व्यवधान सहेर पनि उस्का
भिजेका ती नयनहरु बाट जब,

आशाहरु सबै पानी झैँ बग्न लागे
चाह्रै दिशा मा जब पराजितहरू,

धैर्यता लाई परतले ढाक्न लागे
त्यैपनि आँखाहरु लाई चिम्लेर,

निधारका छाला खुम्चियाउँदै
किन लामो स्वाँस लिएको छु?

ती आशाहरू लाई म बग्न दिन्न
कल्पनामा आज नी तरंगित छु।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article