मङ्सिर ६ गते, शनिबार : भद्रपुरमा आज ११ जना नयाँ संक्रमीत थपिनुभएको छ भने बिर्तामोडमा १०, अर्जुनधारामा ५,बुद्धशान्तिमा १ , शिवसतासिमा २, मेचिनगरमा ४, कनकाईमा १४ , झापामा १र अन्य जिल्ला ठेगाना भएका ५ गरेर झापामा ५४ जना नयाँ संक्रमीत थपिनुभएको छ ।

आज झापामा थप १ जनाको मृत्यु भएर मृतकको संख्या ९१ जना पुगेको छ l मृत्यु हुनुहुनेहरुमा कनकाई – ५ का ६६ वर्षीय पुरुष हुनुहुन्छ ।

देशैभर आज १,६७४ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा २,३२३ हुनुहुन्छ l आज थप ७ जनाको मृत्यु भएर देशैभर मृतकको संख्या १,३०५ पुगेको छ ।
हाल सम्म २,१८,६३९ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या १,९३,३२५ पुग्नुभएकोछ । निको हुनुहुनेको दर ८८।४५ रहेकोछ ।