साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : बर

 राज कुमार कार्की

Advertisement

पिपलको मै हु एउटा बजोडी बर।
बुढेसकालमा एक अर्काको भर।।

Advertisement

उकालीमा जादा दाहिने मेरो घर।।
बायाँ नै हो जीवन सँगिनीको भर।

एकलकाँटे जीवन छ किन मेरो ।।
शीतलता मात्रै त लिन्छन् मेरो ।

नत मलाई कुनै इज्जत नै पो दिन्छन् ।।
मेरा बिम्बहरु बाट आनन्द मात्रै लिन्छन्।

मौकापरे हतियारले चोट मात्र दिन्छन् ।
सधैं बसिबसाउ नै छु बटुवाको आशमा।।

प्राण भरिदिएको छु दुःखीको सासमा।।
घरमै बाँधनी मात्र नै हो मेरो काम ।

छेकि दिन्छु मात्र टन्टलापुर घाम ।।
विश्राम लिन्छन् कति लासको साथमा ।

बटुवाहरु बस्दछन म सँग कति बास।।
उकालीमा हुन्छु दायाँ ओरालीमा बायाँ।

बराबरी नै बाडदछु शीतलता र माया ।
म बुढो बर हु सधैं हुन्छु पिपलुको साथ।।

चुडाइ मात्र लान्छ्न किन म बुढोको हात।
शिवजीले मात्र सम्झन्छन् कहिलेकाहीँ।।

रुद्री पूजा आदिमा मात्रै निम्ता मलाई ।
मौका हेरि बसेकाछौ टिप्न मात्र तलाई ।।

ढाक्रेहरु पनि सधैँ पर्दछ्न मेरो नै भर ।
जराहरु फिजाएर बसेको छु वरपर।।

वातावरण आजकल किन दूषित हुदैछ।
मानव जातीको मस्तिष्क किन रुदैछ।

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article