स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कोरोना अपडेट : नेरेसो भद्रपुर उपशाखा झापा

मङ्सिर ७ गते, आइतबार ।    भद्रपुरमा आज ९ जना नयाँ संक्रमीत थपिनुभएको छ भने दमकमा ११, बिर्तामोडमा ३, अर्जुनधारामा ४, शिवसतासिमा ६, मेचिनगरमा ४, कनकाईमा १ , गौरादहमा २, कमलमा ७, बार्हदशि र गौरिगन्जमा १-१ गरि झापामा ४९ जना नयाँ संक्रमीत थपिनुभएको छ । आज झापामा थप ३ जनाको मृत्यु भएर मृतकको संख्या ९४ जना पुगेको छ ।

Advertisement

मृत्यु हुनुहुनेहरुमा भद्रपुर(४ का ६० वर्षीय महिला, कनकाई – ३ का ७३ वर्षीय पुरुष र मेचिनगर(४ का ४५ वर्षीय पुरुष हुनुहुन्छ ।

Advertisement

देशैभर आज १,६६९ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा ५,६९९ हुनुहुन्छ । यो हाल सम्मकै धेरै दैनिक निको हुनुहुनेको संख्या हो ।

आज थप १६ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,३२१ पुगेको छ । हाल सम्म २,२०,३०८ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या १,९९,०२४ पुग्नुभएकोछ ।  विभिन्न अस्पताल र होम आईसोलेसनमा गरि २१,२८४ उपचाररत हुनुहुन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article