हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वाधीनताको युग आउँछ भन्थे प्रभु ऊबेला त !

रामायणका हनुमान प्रभुभक्ति देखाउन
सिद्ध भए सर्वश्रेष्ठ भक्तिगाथा लेखाउन ।
अहिले त हनुमानले पनि शिर झुकाउलान्
सहश्र छन् नव दास अझै कति उदाउलान् ।l

Advertisement

लेखिंदैछ नयाँ गाथा प्रभुभक्ती देखाउने
चाकडी र चाप्लुसी मा अग्रस्थान आउने ।
अरु सबै बिर्सिएर तिनकै दलान धाउने
तिनकै सेवा आफ्नो धर्म भनी अति रमाउने ।l

Advertisement

सजिला छन् अरौटे नि हनुमानहरु जस्तो
न त पाल्नु पर्छ यहाँ पाएका छन् धेरै सस्तो ।
मान्दैनन् ती झर्कोफर्को मान्दै आज्ञा लुरुलुरु
अह्राएको काम गर्छन् बिना अल्छि खुरुखुरु ।l

स्वाधीनताको युग आउँछ भन्थे प्रभु ऊबेला त
दासैदासको जग् जगी छ आँखा खोल्दा यो बेला त ।
अरौटे को मात्र हैन तिनका प्रभु पनि दास हुन्
तिनी पनि अरुबाटै परिचालित भएका छन् ।l

राज गर्नेको यो लोकमा अनुहार बद्लिए नि
अरु बाट दास भएकै पुग्छन् जो जो गए पनि !
लोकपती जो भए नि खडा हुन्छन् कृपा बाटै
तिनलाई पनि ईशारा त आउँछ अर्को लोकबाटै ।l

पुनरजन्म भएको छ दासता को फेरि यहाँ
फलिफाप तिनैको छ लुटपाट पनि यहाँ ।
लाजमर्दो अवस्था भो सभ्यताको चिरहरण
दासता को नयाँ आयाम नयाँ संस्करण ।।

टीका पोखरेल (२०७७/०८/१०)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)