समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा ६ वटा जंगेपिलर हरायो

कमला भट्टराई , भद्रपुर। झापाको दक्षिणी सीमावर्ती क्षेत्रमा भत्काएको अवस्थामा सीमा स्तम्भ फेला परेको छ । झापाको सीमावर्ती क्षेत्र गौरिगञ्ज गाउँपालिका–२ दरियालभस्मामा सीमा स्तम्भ भत्काएको अवस्थामा फेला परेको हो ।

Advertisement

कनकाई नदीको बगरमा रहेको १४३ को १९ नम्बरको सीमा स्तम्भ भत्किाएर दशगजाबाट करिब एक सय मिटरयता नेपालतर्फ खाल्डो पनि खनिएको छ । सीमा स्तम्भ भत्काउने र नेपालतर्फ आएर खन्ने काम भारतीय सीमा सुरक्षा वल एसएसबीले गरेको स्थानीयले बताएका छन् ।

Advertisement

काँसघारीमा रहेको सीमा स्तम्भ सार्नका लागि नेपालतर्फ आएर खाल्डो खनेको स्थानीयको दावी छ । केही दिनअघि हतियार र कोदालोसहित सीमामा भारतीय सुरक्षाकर्मीको टोली आएको थियो । सीमा क्षेत्रमा शंकास्पद गतिविधि गरेको देखेपछि स्थानीयले हेर्दा कनकाई नदीको बगरमा रहेको १४३ को १९ नम्बर सीमा स्तम्भ भत्काएर छोपिएको अवस्थामा थियो । सीमा स्तम्भभन्दा करिब एक सय मिटर नेपालतर्फ आएर खाल्डो खनिएको थियो ।

प्रहरी स्रोतका अनुसार सो वरपर १४३ नम्बर सीमा स्तम्भका २२ वटा सब–सीमा स्तम्भ छन् । जसमा पाँचवटा मात्रै सकुशल छन् । बाँकी सीमा स्तम्भ भेटिएको छैन् । कनकाई नदीको बगरमा काँसघारी छ । काँसघारीमा रहेको स्तम्भ फुटाइएको अवस्थामा भेटिएको हो । सोही स्तम्भमा हरियो बासको टुप्पो पनि गाडिएको छ ।

स्थानीयले पिलर खोज्ने क्रममा भत्काएर काँसले छोपिएको अवस्थामा १४३ को १९ नम्बरको सीमा स्तम्भ भेटेका थिए । सीमा स्तम्भ वरिपरि भर्खरै खनिएको जस्तो माटो पनि भेटिएको गौरीगञ्ज गाउँपालिका कार्यपालिका सदस्य जेठा मुर्मुले बताए । झापामा दक्षिणी सीमामा ९८८ वटा सीमा स्तम्भ र ७ वटा रिफ्रेन्स सीमा स्तम्भ राखिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार झापामा ७० वटा जंगे सीमा स्तम्भ, १०८ सहायक, ८१० वटा साना सीमा स्तम्भ छन् । त्यस्तै सातवटा रिफ्रेन्स सीमा स्तम्भ छन् । नेपाल भारत दुबैतर्फको रेकर्डमा झापामा मात्रै ६ वटा जंगे सीमा स्तम्भ हराएको छ । ७ वटा सहायक सीमा स्तम्भ हराएको छ । साना १०९ वटा स्तम्भ हराएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article