समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सांसद् बाँनियाद्वारा मृगौलाको उपचारका लागि २ लाख २० हजार हस्तान्तरण

हल्दिबारी, झापा l  प्रदेश १ का सांसद् बसन्त बाँनियाले मृगौलाको उपचार गराइरहेकी भद्रपुर– ७ कि मञ्जु ठकुरीलाई उपचारार्थ सहयोग हस्तान्तरण गरेका छन् ।

Advertisement

उनले पीडितको घरमै गएर उपचार खर्च वापत २ लाख २० हजार ५ सय ४० रुपैयाँ नगद हस्तातरण गरेका हुन् ।सांसद् बाँनियाले विभिन्न क्षेत्रमा रहेका सहयोगी साथीसँग विरामीको उपचारका लागि खर्च जुटाएका हुन् । उनले नेपाल बाहिर रहेका आफ्ना निकट व्यक्तिसँग समेत उपचारका लागि सहयोगको अपील गरेका थिए ।

Advertisement

दुवै मृगौलाले काम गर्न छोडेपछि अहिले उनको डायलोसिस गर्ने काम भइरहेको छ । गैर नेपाली आवासीय संघ डेनमार्कका पूर्व अध्यक्ष दीपक सापकोटाको पहलमा १ लाख ५४ हजार र हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको पहलमा ६६ हजार ५ सय ४० संकलन गरिएको थियो । सो रकम सांसद् बाँनियाले विरामीको परिवारलाई हस्तान्तरण गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article