समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कास्मिर हमलामा परी भारतीय सेनामा कार्यरत नेपालका प्रेम केसीको मृत्यु !

दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आतंककारी हमलामा परी मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं- ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी मृत्यु भएको हो।

Advertisement

जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ। प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका थिए।

Advertisement

भाइको शव लिनका लागि घरबाट उनका बुवा लालबहादुर केसी भारत हिँडिसकेका छन्। शव शनिबारसम्म आइपुग्ने तुलसीले बताए। प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन्। प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article