हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“डिसएवलीटी टयालेन्ट २०२०” हुदैं, अपाङ्गता प्रतिभाको खोजी

 काठमाडौँ । विश्व साईकल यात्री चित्र पौडेलको संयोजकत्वमा “डिसएवल टयालेन्ट २०२०” हुने भएको छ । शारिरीक रुपमा अशक्त फरक क्षमताका व्यक्तिहरुका लागि “अपाङ्गता प्रतिभा २०७७ ” हुन लागेको हो ।

Advertisement

दिव्यजोती फाउन्डेसन नेपाल तथा चिल्डेन गार्डेन एकाडेमीको संयुक्त आयोजनामा हुन लागेको यस इभेन्टको हाल धमाधम अनलाईन अडिसन भैरहेको छ । अगष्ट १४ तारिखबाट सुरु भएको अडिसन अक्टुबर २१ सम्म चल्ने छ । कार्यक्रममा सहभागी प्रतियोगीले गायन,नृत्य तथा चित्रकला गरी तीन विधामा आफनो प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । कार्यक्रममा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रदेशका मुख्य शहरहरु छनोटमा छन् ।

Advertisement

,बिर्तामोड,ईटहरि,जनकपुर,चितवन,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढिबाट फरक क्षमता भएका प्रतिभाहरुलाई बिभिन्न चरणबाट छनौट गरी काठमाण्डौमा फाईनल गरिनेछ ।

निर्णयक मण्डलमा गायक सिताराम पोखरेल, कलाकार तथा वान लेग डान्सर रोमा न्यौपाने , नील डेविट तथा सुदित श्रेष्ठको टोली रहने छन् । उत्कृष्ट प्रथम स्थान हाशिल गर्ने विजेताले नगद राशी एक लाख सहित मुस्ताङ घुम्ने अवसर पाउने छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)