साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : बाल चिन्तन

  • राज कुमार कार्की
  • हामी साना बालक

घरमा छौ बसेका।
लेख पढ अहिले
बन्द भयो जहिले।।

Advertisement

कोरोनाको कहर
पढ्न लेख्न रहर।
छैनन् कापी कलम
गुरुलाई सलाम।।

Advertisement

भैयो हामी सिकार
जीवन भो धिक्कार।
बानी सब बिग्रियो
अब कसो गर्ने हो।।

घर भित्र बसेको
बर्ष दिन पुग्ने भो।
छैन खान घरमा
बसेका छौ डरमा।।

सबै जना घरमा
बसेका छौ करमा।
हामी साना बालक
छैन केही लालच।।

सरकार कता गो
भेट घाट भएन।
जहिले नै बिरामी
सत्ताकै पो सिरानी।।

सुन्दै हामी अहिले
गडबड जहिले।
आफू(आफू लडाइँ
निगरानी कडाइ।।

सरकार लुटेर
गफ मात्र चुटेर।
बस्यो किन सर्कार
छैन कतै दर्कार।।

भन्दै छन है सब
दुर्घटना नै अब ।
होला जस्तो देखियो
समाचार लेखियो।।

अधिकार हरायो
सडकमा करायो।
सरकार सुन्दैन
कसैलाई गन्दैन।।

रेल जति पालमा
दुस्ख भो यो सालमा।
यस्तै रछ यो कर्म
कस्ले बुझ्छ यो मर्म।।

के भो पानी जहाज
इन्जिन नै चल्दैन।
ड्राइभर बिरामी
भ्रष्टाचार सिरानी।।

खिया लाग्यो जेटमा
के मिलेन सेटमा।
कस्ले जेट बनायो
इन्जिन नै गनायो।।

यति सानो देशमा
साधुको नै भेषमा।
संघीयता बनाइ
देश लुट्न पो थाले।।

चिन्ता गर्छन् है बाले
दुई वटा नै भाले।
फुल पार्न पो थाले
पोथीको नै आडमा।।

ढल्यो राणा शासन
भयो मात्र भाषण।
पञ्चहरु कुर्लिए
बहुदल उर्लिए।।

लोकतन्त्र नै आयो
बोल्न मात्र त पायो।
गणतन्त्र नै आयो
लुटि(लुटि पो खायो।।

हामी साना बालक
देशका नै चालक।
हाम्रो कुरा सुन्दैनन्
भनेको नि मान्दैनन्।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article