हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अत्याधिक चिसोले पाथिभरा मन्दिरमा विराटनगरकी साबित्रीको मृत्यु

कमला भट्टराई ,भद्रपुर । विराटनगरबाट ताप्लेजुङको पाथिभरा दर्शनका लागि जानुभएकी विराटनगरकी एक महिलाको मृत्यु भएको छ । विराटनगर ६ कि साबित्री खड्का चापागाईको अत्याधिक चिसोका कारण मृत्यु भएको हो ।

Advertisement

विराटनगरबाट परिवारका पाँचजना सदस्यसहितको टोली दर्शनका लागि शुक्रबार दिउँसो १२ बजे पाथिभरा पुगेको थियो । पूजा गरिसकेपछि अचानक बेहोस भएर लड्नुभएकी साबित्रीलाई पाथिभरा क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य सेवा चौकीमा तत्काल लगेर उपचार गरिएको थियो ।

Advertisement

‘ अत्याधिक चिसोका कारण बेहोस हुनुभएकी खड्कालाई तत्काल अक्सिजन दिएपनि सुधार आएन,’ स्वास्थ्य चौकीका इन्चार्ज उमानाथ पौडेलले भन्नुभयो ‘मैले तत्कालै जिल्ला अस्पतालमा सम्पर्क गरेर त्यहाँ लगें अस्पतालले उहाँलाई मृतक घोषित गर्यो ।’

मृतक खड्कालाई बिगम एक वर्षदेखि माता उत्रिने समस्या रहेछ र पाथिभराको भाकल दर्शन गरे ठिक हुन्छ भनेर भाकल गरिएको रहेछ,’ स्वाथ्यकर्मी पौडेलले भन्नुभयो ‘उहाँमा विगतमा न्यून रक्तचापको पनि समस्या हुने गरेको रहेछ, पूजापाठ गरिसकेपछि उहाँ अचानक ढल्नुभएको थियो ।’

स्वास्थ्यकर्मी पौडेलका अनुसार शुक्रबार पाथिभरा क्षेत्रमा अत्याधिक चिसो थियो र चिसोकै कारण उकाँको मृत्यु भएको हो । मृतक खड्का पति मनिष चापागाई र परिवारका सदस्यहका साथ पाथिभरा दर्शनका लागि पुग्नुभएको पौडेलले जानकारी दिनुभयो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)