हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका सामुदायिक तथा निजि विद्यालय भोलि देखि संचालनमा !

जलथल – झापा : १४ मङ्सिर । हल्दिवारी गाउँपालिका भित्रका विद्यालय भोलिदेखी संचालनमा आउने भएका छ्न ।

Advertisement

हल्दिवारी गाउँ शिक्षा समितिले पहिलो चरणमा ६ देखि १२ कक्षा सम्मको अध्यापन गर्ने गरि सबै सामुदायिक तथा निजि विद्यालयलाई निर्देशन गरि सकिएको शिक्षा समिती अध्यक्ष तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले बताउनु भएको छ ।

Advertisement

हल्दिवारी गाउँ शिक्षा शाखाले दिएको जानकारी अनुसार हल्दिवारीका सामुदायिक तथा निजि विद्यालयहरुमा ९ हजार ३ सय १ जना विद्यार्थी अध्यनरत रहेका छ्न ।

हल्दिवारी शिक्षा शाखा प्रमुख जनककुमारी राईका अनुसार हल्दिवारीमा सामुदायिक तर्फ ३ उच्चमावी तथा २ सस्थागत तर्फ रहेका छ्न भने माद्यामिक तर्फ सामुदायिक ३ ,निजि ५ छ्न। त्यस्तै आधारभूत विद्यालय सामुदायिक ४ ,निजि तर्फ २ रहेका छ्न भने सामुदायिक र निजि प्राथमिक विद्यालय भने ७ र ३ रहेका छ्न । हल्दिवारी गाउँपालिकाकै सहयोगमा १ गुरुकुल संचालन गरिएको छ भने निजि स्तरमा ३ वटा मन्टेश्वरी समेत संचालित छ्न ।

-हल्दिवारी मा. वि., हल्दिवारी २, झापाको कक्षा सन्चालन सम्बन्धि सूचना ।

गाउँपालिका र गाउँशिक्षा समितिले दिएको स्वास्थ मापदण्ड अनुसार पहिलो चरणमा ६ देखि १२ सम्मको कक्षा हरु भोलिदेखी संचालनमा आउन लागेका हुन । शिक्षा शाखाका अनुसार १५ दिन सम्म लाई कक्षा संचालन अनुमती दिएको र कोरोनाको प्रकोप लाई मध्य नजर गर्दै प्राथमिक तहको समेत विद्यालय संचालनमा ल्याउने तयारी भई रहेको छ।

  कोरोना पछि विद्यालय नलाग्दा विद्यार्थीहरुमा मानसिक असर पर्न गएको भन्दै अभिभावक हरुले समेत स्वास्थ मापदण्डअनुसार विद्यालय संचालन गर्नु पर्ने बताउदै आएका थिए ।

सवै सामुदायिक तथा संस्थागत विद्यालयहरु, हल्दीबारी गाउँपालिका, हल्दीबारी झापा ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)