स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा आज थप २ जनालाई कोरोना संक्रमण , एक शिक्षिका रहेको पुष्टि !

हल्दिवारी गाउँपालिकामा आज थप २ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।

Advertisement

हल्दिवारी ४ र ५ मा आज थपिएका २ महिलालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ।

Advertisement

हल्दिवारी स्वास्थ्य शाखाले हिजोमात्र ३० जनाको पिसिआर सड्ढलन गरि चेकजाँच को लागि पठाएकोमा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । हल्दिवारी स्वास्थ्य शाखा प्रमुख निरौलाले दिएको जानकारी अनुसार हाल ५ जना अस्पतालमा उपचार गराईरहेका छ्न भने ८ जना होम आइसोलेसनमा रहेका छ्न ।

उनिहरु सबैको स्वास्थ अवस्था सामान्य रहेको छ । हाल सम्म हल्दिवारीमा कोरोना पोजेटिभ देखिएको संख्या ५५ पुगेको छ भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

आज कोरोना पोजेटिभ देखिएकी एक महिला वडा नम्बर ५ कि शिक्षिका रहेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article