कमला भट्टराई – भद्रपुर । मोरङ प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा मोरङको रंगेलीबाट एकजनालाई पक्राउ गरेको छ ।

शारीरिक एवम् मानसिकरुपमा रंगेली नपा–५, बहुवानकी अशक्त ३५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

पीडित महिला एक्लै भएको मौका छोपी परालको बोझामा जवरजस्ती गर्ने मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको हो ।मण्डललाई रंगेली प्रहरीमा राखी थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुुर राईले बताए ।