समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धरानका वाम बुद्धिजीवी श्रेष्ठको निधन

कमला भट्टराई l धरान नगरपालिका स्थापना कालका प्रथम निर्वाचित उपसभापतिसमेत रहेका वामपन्थी बुद्धिजीवि कृष्णप्रसाद श्रेष्ठ(बि.ए. कृष्ण)को निधन भएको छ। श्रेष्ठको हिजो दिउँसो धरान १ स्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो।

Advertisement

स्वर्गीय श्रेष्ठ धरानका पहिलो कम्युनिष्ट नेताको रुपमा पनि परिचित छन्। श्रेष्ठ धरानबाट स्नातक तह(बि.ए.) उत्तीर्ण गर्ने पहिलो २ जना व्यक्तिमा पनि पर्छन्। श्रेष्ठ र यज्ञप्रसाद आचार्य बिए पास गर्ने पहिलो व्यक्ति थिए। पब्लिक माध्यमिक विद्यालयबाट पहिलो ब्याचको एसएलसी पास गर्ने व्यक्ति पनि थिए। धरानमा बिए पास गर्ने पहिलो व्यक्तिहरू हुन्।

Advertisement

श्रेष्ठले राम्रो अंक ल्याएको र कृष्णप्रसाद नाम गरेका व्यक्तिहरू धेरै भएकोले उनलाई बि.ए.कृष्ण भनेर चिनिएको थियो। नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालबाट नै राजनीति सुरु गरे पनि पछि श्रेष्ठ कृष्णराज वर्मा समूहमा लागेका थिए। श्रेष्ठले राजनीतिसँगै समाज सेवा र साहित्यमा पनि निरन्तर योगदान दिएका थिए। श्रेष्ठको पार्थिव शरीरको आज अन्त्येष्टि गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article