हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हत्यापछि अपहरणको नाटक, छिमेकी पक्राउ

 कमला भट्टराई झापा।

Advertisement

सुनसरीको दुहवी नगरपालिका–२ का एक युवकको हत्या आरोपमा छिमेकी पक्राउ परेका छन् । १७ वर्षीय सुजननारायण चौधरीको हत्या आरोपमा छिमेकी २० वर्षीय सुमन झा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ परेका युवकले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । सोमबार बिहान युवकको शव दुहवी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा फेला परेको थियो ।

Advertisement

शव भेटिएको स्थानबाट मृतक र हत्या आरोपीको घर नजिकै छ । मृतक युवक १० मंसिरयता बेपत्ता थिए । युवक सम्पर्कविहीन भएकै दिन हत्या भएको देखिएको प्रहरी उपरीक्षक थापाले बताए । ‘बेलुका आमाले फोन गर्दा मृतकले नजिकै छु । केही समयपछि आउँछु भनेको देखिन्छ,’ उनले भने, ‘तर ८ बजेपछि फोन गर्दा तेरो छोरा मेरो कब्जामा छ भनेको देखिन्छ ।’ बेलुका ७–८ बजेको बीचमा हत्या भएको प्रहरीको दावी छ । शुभलक्ष्मी उद्योगपछाडि रहेको खाली ठाउँमा हत्या गरी युवकले शव झाडीमा लुकाएर घर गएका थिए । हत्यापछि घर आएका युवकले भोलिपल्ट बिहान आफूले अपहरण गरेको भन्दै म्यासेज पठाएका थिए ।

‘घटनालाई डाइभर्ट गर्न अपहरण गरेको म्यासेज पठाएको देखिन्छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘हत्यापछि मृतकको मोबाइल लिएर आरोपी घर गएका थिए ।’ बुधबारबाट छोरा बेपत्ता भएपछि बुबा सुरेन्द्रनारायण चौधरीले बिहीबार छोरा खोजिदिन भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए । लगत्तै अुनसन्धान सुरु गरेको प्रहरीले आइतबार राति झालाई पक्राउ गरेको थियो । पक्राउ परेका झाले आफूलाई होच्याएका कारण हत्या गरेको बयान दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)