स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार नाघ्यो !

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ६७, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १ सय २८, संखुवासभामा १५ र सुनसरीमा ५६ जनामा कोरोना भेटिएको छ।

Advertisement

प्रदेश २ को धुनषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा १, सप्तरीमा १५, सर्लाहीमा ५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा ३२, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा २६, मकवानपुरमा १४, रसुवामा १२, ललितपुरमा ८० र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ९, तनहुँमा १९, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १७, बागलुङमा १२ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४०, नलवपरासीमा ७, पाल्पामा १३, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा २७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा ४१ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ७, दैलेखमा १, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा १२, डोटीमा ५, बझाङमा ४ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article