समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा आज एकैदिन १२ जनामा कोरोना पोजेटिभ पुष्टि

हल्दिवारी –   झापाको हल्दिवारी गाउँपालिकामा आज एकैदिन १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य शाखा हल्दिवारीले पुष्टि गरेको छ ।

Advertisement

कोरोना संक्रमण शुरूवात भएयता एकैचोटि यति धेरैमा पोजेटिभ देखिएको यो पहिलो पल्ट भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले हल्दिवारी डटकमलाई बताउनु भएको छ ।

Advertisement

हल्दिवारी गाउँपालिकाले यहि मङ्सिर १७ गते गराएको पिसिआर रिपोर्टमा आज १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार वडा नम्बर १ मा एक जना महिला ,वडा- २ मा एक महिला ,वडा – ३ मा २ महिला ३ पुरुष , वडा – ४ मा २ महिला तथा वडा – ५ मा १ महिला २ पुरुष रहेका छ्न ।

निरौलाका अनुसार हाल कोरोना संक्रमण देखिएका १६ जना होम आइसोलेसनमा रहेका छ्न भने ४ जना झापा तथा मोरङका अस्पतालमा उपचार गराईरहेका छ्न । हालसम्म हल्दिवारीमा ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भइ सकेको छ ।

कोरोना संक्रमणका लक्ष्यण देखिएमा तुरुन्त देहायका नम्बरहरुमा सम्पर्क गर्न पनि स्वास्थ्य शाखा प्रमुख निरौलाले आह्वान गर्नु भएको छ । सम्पर्क नम्बर : ९८४२६३३०३१, ९८०६०३३०३१ हल्दिवारी डटकम – ९८२४९९७१२०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article