विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारीबाट विर्तामोड जोड्ने सहिद मेम मार्ग शिलान्यास 

हल्दीबारी गाउँपालिका वडा न.५ झापारोडबाट कन्चन्श्री बजार हुँदै यलम्बर चौक, सम्भु चौक, क्यानरी बोर्डिङसम्म करिव ९.५ किलोमिटर सडक खण्ड कालोपत्रे आयोजनाको आज प्रदेश न.१ का प्रदेश सभा सदस्य माननीय पूर्ण प्रसाद राजवंशी र बसन्त बानियाँले संयुक्त रुपमा शिलान्यास गरेका छन् l

Advertisement

उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी लगायत गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीयबासीहरु समेतको उपस्थिति रहेको थियोे ।

Advertisement

भौतिक पूर्वाधार विकास मन्त्रालयले बहुबर्षे आयोजनाको रुपमा आयोजना स्वीकृत गरी कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडक मिति २०७९/०२/०७ भित्रमा निर्माण सम्पन्न हुने कार्यालयले जानकारी दिएको छ,l

१७ करोड ४५ लाख ४३ हजार ९ सय १० रुपैयाँ ८९ पैसामा ठेक्का लागेको उक्त सडक निर्माण पश्चात् हल्दीबारी गाउँपालिकाबाट विर्तामोड आवतजावतमा स्थानीयबासीहरुलाई सहज हुने गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताएl

                   नदिजन्य पदार्थ बिक्रीको लागि बोलपत्र आह्वान सम्बन्धि सुचना

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article