समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेको भन्दै कार्यक्रममा जाँदा सडक नै खाली गराइयो !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले नको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् । यसअघि सुरक्षा थ्रेट बढेको भन्दै पार्टी कार्यलय धुमबराही पनि जान नमानेका ओली कार्यक्रममा सहभागी हुन जाँदा सडक नै खाली गर्ने गरिएको छ ।

Advertisement

मंगलबार कीर्तिपुरको एउटा कार्यक्रमका लागि उनको सवारी चलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । सो कार्यक्रममा जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गराएर सवारी चलाएका थिए । विगतमा यस्तो अभ्यास थिएन ।

Advertisement

सडक नै खाली गराएर कार्यक्रममा लाने गरेपछि प्रधानमन्त्रीमाथि कहाँबाट सुरक्षा थ्रेट बढेको हो भन्ने प्रश्न उठेका छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले आवश्यकता हेरेर केही कडाइ गरिएको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article