हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना पोजिटिभ भएपछि पीपीई सेटमा सजिएर बेहुला बेहुलीको बिहे सम्पन्न !

काठमाडौं-कोरोना महामारीको सन्त्रासका कारण बेहुला बेहुलीले नै पीपीई सेट लगाएर विवाह गरेका छन् । यो रमाइलो घटना हो भारतको । विवाहको सबै काम सकाएर अन्माउने दिन आउन लाग्दा बेहुलीलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि पीपीई सेट लगाएर विवाह सम्पन्न गरिएको हो ।

Advertisement

उनीहरुको विवाहको सबै कार्य त्यही पीपीई सेट लगाएर नै गराइएको थियो । जुन तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । बेहुला बेहुली मात्रै होइन विवाहमा उपस्थित निकटका व्यक्तिहरुले पनि पुरै शरीर ढाकिने हाज्माट सूट पहिरिएका थिए ।

Advertisement

उनीहरुको विवाह नै कोभिड–१९ का लागि बनाइएको क्वारेन्टीनमा सम्पन्न गरिएको हो । विवाहमा संलग्न बेहुला बेहुली तथा केटा केटी पक्षका निकट व्यक्तिहरुले पुरै शरीर ढाकिने पहिरनका अलावा मुखमा मास्क लगाएर जग्गेको काम गरेका थिए । समाचारमा जनाइए अनुसार बेहुलीका परिवारका अरु सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टीनमा रहेका छन् ।विवाहपछि बेहुला बेहुली दुबैलाई अलग अलग आइसोलेसनमा राखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)