साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : प्रेमको देशमा

बिना रोका

वीरका पाखुरा चम्किए राजमा
आज यो चेतना फैलियो साथमा
सिर्जना कोर्दछौँ देशको नाममा
रम्दछौँ लेकका टाकुरा साथमा

Advertisement

कर्म विश्वासले प्रेमले चम्किने
मित्रता तोडिए दूर्दशा निम्तने
विश्व नै काँप्छ यी वीरका शक्तिमा
ज्ञानका पाइला पर्दछन् भक्तिमा

प्रेम सद्भावले जन्मने भावना
छर्दछौँ बागमा फूलको बासना
चन्द्रको बिम्बमा शीत ओझेलमा
चम्किने ज्योति भै प्रेमको देशमा

ज्ञान विज्ञानले जन्मने वीरता
मानले बाँच्नु नै जिन्दगी हो सदा
सम्झदै बुद्धका सत्यता ज्ञान ती
सक्छ को भुल्न नै देशको सान यी

रम्दछन् फूल ती सूर्य त्यो झुल्किँदा
वृक्ष ती नाच्दछन् वायुले हल्लिँदा
सम्झिँदा फूलको बासना बागमा
चुम्दछन् प्रेमले गोधुली साँझमा

बिना रोका
घोराही दाङ्ग

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article