स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धादिङ जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म

 धादिङ –  धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार महिलाले तीन छोरीलाई जन्म दिएकी हुन्‌।
धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो। आमा र नवजात शिशुहरूको अवस्था सामान्य रहेको र उनीहरूको तौल १८००,१५०० र २५०० ग्राम रहेको छ।
अस्पतालले सयौं जनालाई प्रसूति सेवा दिइसकेको भएपनि शल्यक्रियाबाट एकपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए। जटिल प्रकारको उक्त प्रसूति सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ।
शल्यक्रिया गराउन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माचार्य,डा.सविन भण्डारी, स्वास्थ्यकर्मी लेखबहादुर श्रेष्ठ, स्टाफ नर्सहरू विमला तिमिल्सिना महरा,एस्तर तामाङ र सरस्वती मल्ल लगायत खटेका थिए।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article