साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : गवेषणा

 –  दयानन्द गोस्वामी

Advertisement

गवेषणा आफ्नै सुरम्य जीवनको
शेषांक ,शुन्यता बाहेक क्यै रहेन,
तनमय तमोरका झंकारहरु मा
छन्दमय तरंगित सरगम मिलेन,

Advertisement

नुपूरका हरेक मोहक छमछमहरू मनमा सजिएका मिठा सपनाहरु,
अनी त्वरित मनका उत्कण्ठाहरू
कल्पित सुरभि सरोवरमा बगेन,

गवेषणा आफ्नै सुरम्य जीवनको  शेषांक शुन्यता बाहेक क्यै रहेन,
विभु- नृपको चाहे सन्तति नै हुँ म
अथवा हुँ म कुनै दरिद्र फकिरको,

आत्मा त सब, एकै ,हो प्राणीको प्रत्येक मुण्ड मुण्ड सबै ज्ञानी हो,
महाज्ञानीको, पनि ,मन्चन गर्दछ
तर ! धरामा कोहि अनुकुल भएन,

जीन्दगीको आगामी यात्राहरूमा अति बक्र देखेँ सारा पगडण्डहरू,
विकटता व्यवधानहरू पार गर्दै
सकस बनाउँनु ,छ ,जीन्दगी बरु !

शब्द शब्द मा विकार ,मिश्रित छ  कर्कश वाणी अन्तरहृदयले सहेन,
गवेषणा आफ्नै सुरम्य जीवनको
शेषांक शुन्यता बाहेक क्यै रहेन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article