समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लेनदेन विगो मुद्दामा श्रीमान-श्रीमती पक्राउ

 भद्रपुर । लेनदेन विगो मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

विराटनगर महानगरपालिका– १२ कोशी प्रोजेक्टका ६८ वर्षीय रूपनारायण पौडेल र उनकी श्रीमती ५२ वर्षीय सीतादेवी पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

Advertisement

श्रीमान श्रीमतीलाई लेनदेन विगो मुद्दामा जिल्ला अदालत मोरङले २०७४ माघ २३ गते ६ लाख ७ हजार चारसय ६७ रुपैयाँ विगो र एक वर्ष कैद सजाय सुनाएको थियो ।

उच्च अदालत विराटनगरले २०७५ फागुन २८ गते जिल्लाको फैसला सदर गरेको थियो । फैसला पछि फरार रहेका श्रीमान श्रमतीलाई मङ्सिर २५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article