विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल वायुसेवा निगमले आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज किन्ने

कमला भट्टराई – नेपाल वायुसेवा निगमले व्यवसाय वृद्धिका लागि आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज खरिद गर्ने कार्ययोजना पारित गरेको छ। निगमका नयाँ महाप्रबन्धकले १२ वटा नयाँ जहाज ल्याउने १० वर्षे कार्ययोजना ल्याउनुभएका हुन्।

Advertisement

निगमका सबै विभागका प्रतिनिधि रहने गरी बनाएको समितिले १० वर्षे कार्ययोजना बनाइएको थियो। सोही कार्ययोजना निगमको सञ्चालक समितिको बैठकले केही दिनअघि पारित गरेको हो। निगमको नेतृत्व सम्हालेलगत्तै व्यवस्थापन चुस्त बनाएर निगमलाई नाफामा लैजाने महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश)पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

Advertisement

तत्काल जहाज खरिद नगरिए पनि निगमको व्यवसाय बढाउने निर्विकल्प उपाय नयाँ जहाज थप्नु नै रहेको उहाँको भनाइ थियो। पौडेलले बनाएको १० वर्षे कार्ययोजनामा आन्तरिकतर्फ ६ र अन्तर्राष्ट्रिय उडानतर्फ ६ गरी १२ जहाज खरिद गर्ने उल्लेख रहेको छ। ‘हामीले पास गरेको १० वर्षे कार्ययोजना हो।

यसमा अन्तर्राष्ट्रियतर्फ ४ न्यारोबडी र २ वाइडबडी तथा आन्तरिकतर्फ ४ वटा ट्विनअटर, २ वटा ट्रकरुटको लागि एटीआर जहाज थप गर्ने योजना रहेको छ’, निगमका सञ्चालक सदस्य अच्युतराज पहाडीले बताउनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article