भद्रपुर – लामो समयदेखि कोभिड – १९ कारण देखाएर बन्द रहेको नेपाल भारत नाका खुला गर्न माग गर्दै भोलि धर्ना कार्यक्रम हुने भएको छ ।

नेपाल भारत खुल्ला सिमा सम्वाद समूह द्दारा आयोजित अनिश्चित कालिन धर्ना कार्यक्रममा प्रदेश १ का अध्यक्ष इनायुल हक , सदस्य सन्तोष कुमार गणेश समेतको उपस्थित रहने सम्वाद समुहले जनाएको छ ।

लामो समयदेखि सिमा नाका बन्द रहदा दुबै तिरका स्थानीय तथा व्यापारी लाई कठिनाइ भएको भन्दै धर्ना कार्यक्रम आयोजना गरिएको हो ।