स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराटनगरमा झापाकी सङ्क्रमित महिलाको मृत्यु

कमला भट्टराई -भद्रपुर । कोरोना भाइरस सङ्क्रमित झापाकी एक महिलाको शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।

Advertisement

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा झापा गौरादह–५ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै राति ११ः३० बजेतिर महिलाको ज्यान गएको हो ।

Advertisement

पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतको समस्या रहेको दाहालको भनाइ छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article