समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रचण्डद्धारा तत्काल संवैधानिक परिषद्सम्बन्धि अध्यादेशको खारेज गर्न माग

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि जारी गरेको अध्यादेशप्रति अध्यक्ष प्ुष्पकमल दाहाल प्रचण्डले आपत्ती जनाएका छन् ।

Advertisement

आज राष्ट्रपति भण्डारीबाट जारी भएको संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश आएको हो। अध्यक्ष प्रचण्डले भने यसको तत्काल खारिज गर्न माग गर्दै संसदको अधिवेशन बोलाउन माग गरिरहेको बेला अध्यादेश जारी गर्नु लोकतन्त्तको उपहास गरेको बताएका छन् ।

Advertisement

पार्टीको समस्या समाधान गर्नु भन्दा पार्टीलाई नै जानकारी नदिई अध्यादेश जारी गर्नु प्रम ओलीको नियत खराब भएको अध्यक्ष प्रचण्डले बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article