हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रज्ञाप्रतिष्ठानमा पुस्तक बिक्री कक्षको समुद्घाटन

कमला भट्टराई– झापा।नेपाल प्रज्ञाप्रतिष्ठाद्वारा प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूको बिक्री वितरणका लागि नयाँ बिक्री कक्षको स्थापना गरिएको छ। प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरूको अधिकृत बिक्रेताको जिम्मा पाएको मकालु प्रकाशन गृहले कमलादीस्थित प्रतिष्ठान परिसरमै स्तरीय बिक्री कक्ष सञ्चालनमा ल्याएको हो।

Advertisement

उक्त बिक्री कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टरार्इले उद्घाटन गर्नुभयो। प्रतिष्ठाद्वारा प्रकाशित पुस्तकहरूलाई सातै प्रदेशमा बिक्री वितरणको व्यवस्था मिलाउनका लागि प्रतिष्ठानले अधिकृत बिक्रेता हुन चाहने प्रकाशक तथा वितरकबाट बोलपत्र आह्वान गरेकोमा मकालु प्रकाशन गृह छनोट भएको थियो।

Advertisement

आफ्ना स्थानीय बिक्रेतामार्फत प्रतिष्ठानारा प्रकाशित कृतिलाई सातै प्रदेशमा बिक्री वितरणको व्यवस्था मिलाइएको मकालु प्रकाशन गृहले जनाएको छ। सङ्घीय राजधानी रहेको काठमाडौँमा पाठक सङ्ख्या पनि धेरै हुने भएकाले पाठकको सुविधालाई ध्यानमा राखी उक्त बिक्री कक्ष सञ्चालनमा ल्याइएको प्रकाशन गृहका कार्यकारी निर्देशक वासुदेव ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार बिक्री कक्षमा मकालु प्रकाशन गृह र सोपानारा प्रकाशित पुस्तकका अतिरिक्त चल्तीमा रहेका विभिन्न स्वदेशी तथा विदेशी गरी करिब तीन हजार शीर्षकका पुस्तक बिक्रीका लागि राखिएका छन्।

बालसाहित्य सम्बन्धी पुस्तक पढ्न बालबालिकाका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको र खुला ठाउँमा बसेर पुस्तक छनोट गर्न सकिने अवसर पाठकलाई रहेको तथा यहाँ पाइने पुस्तक विश्वको जुनसुकै कुनाबाट पनि मगाउन सकिने प्रकाशन गृहले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)