राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ओलीले मुलुकलाई द्वन्द्वतर्फ धकेलेः जसपा

 भद्रपुर। जनता समाजबादी पार्टी नेपाल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधवार एक विज्ञप्ति जारी गरेर यथाशीघ्र संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन पनि माग गरेका छन्।
‘सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसद्को हिउँदे अधिवेशन यथाशीघ्र बोलाउनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ। सरकारले ल्याएको अध्यादेशले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था, संघीय व्यवस्थापिकालाई नै उपेक्षा गरेको जसपाको भनाई छ।
विधिको शासन विपरीत षडयन्त्रपूर्वक ढङ्गले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरूलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि प्रहार गरिएको जसपाको दाबी छ। जसपाले भनेको छ, ‘सरकारको यस कदमले संसद्को सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने कार्य गरेको छ।’
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article