कमला भट्टराई – भद्रपुर। लामो समयदेखि बद रहेको नाका खोलनु पर्ने मांग राखी बिहीबार भद्रपुर नगरबासी व्दारा स्थानीय मेचीपुलमा एक घण्टा धर्ना कार्यक्रम गरेको छ। नेपाल भारत खुला सीमा संवाद समूको ब्यानरमा भएको उक्त धर्ना कार्यक्रममा यथाशिध्र सिमा खुला गरी स्थानीय जनजीबनलाई सहज बनाएर यातायात,पर्यटन,ब्यबसायलाई सुचारु गर्न र भन्सारमा भई रहेको आर्थिक चुहाबट नियन्त्रण गर्न मांग गरेका छन।

धर्ना कार्यक्रमलाई संबोधन गर्दै महिला नेतृ शर्मिला आङदम्बे,अभियन्ता समर राई र राजेंद्र मुखिया याताले लामो समयदेखि बनद रहेको नाका नखुल्दा सिमाबर्ती क्षेत्रका ब्यबसायी र साना सबारी चालकहरुको अबस्था दयनीय रहेको बताउंदे तत्काल सिमा नाका खुला गरी ब्यबस्थित गर्नु पर्ने मांग गरेका छन।

स्थानीय हिरा सहनीको अध्यक्षतामा सम्पन्न कारृयक्रमको सहजीकरण नेपाल भारत खुला सीमा संवाद समूह का भद्रपुर सेक्टरका कोर्डिनेटर देवेन्द्र किशोर ढुंगानले गर्दै भने सरकारको अकर्मण्यताका कारण नाका बन्द गरेर धप समस्या उत्पन्न हुनुको परिणामले जटिल परिस्थिति गर्ने तर्फ औल्याए । ्