राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरी, लक्ष्मण थारु सहित आठ जनालाई जन्मकैद

कमला भट्टराई – भद्रपुर: टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाईदिएको छ। उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत दीपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

Advertisement

कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरु समेत दोषी ठहर गर्दै उच्च अदालत दिपायलले उनीहरुलाई दोषी ठहर गर्दै कैद सजाय थप गरेको छ। यसरी कैद सजाय थप गरिएकाहरुमा कैलाली जिल्ला अदालतको फैसला अनुसार कैद भुक्तान गरेकाहरु पनि छन्।

Advertisement

अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद रेशम चौधरीसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ।

त्यसबाहेक दुई वर्षअघि कैलाली जिल्ला अदालतले तीन वर्षको कैद सुनाएका थारु अगुवा लक्ष्मण थारुलाई पनि उच्च अदालत दीपायलले जन्मकैदको सजाय तोकेको छ। उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरीनारायण चौधरी, प्रदीप चौधरी, बिर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण चौधरीलाई जन्मकैदको सजाय सुनाएको प्रवक्ता राजेन्द्र लुईटेलले जानकारी दिए।

जन्मकैद सुनाईएका लक्ष्मण थारुलाई यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय सुनाएको थियो। सोही फैसला अनुसार तीन वर्ष कैद भुक्तान गरेपछि लक्ष्मण थारु कारागार मुक्त भएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article