समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सप्तरीमा आगलागीबाट वृद्धको मृत्यु

मंगल पाण्डे राजविराज । सप्तरीमा आगलागीबाट एक वृद्धको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियमा शुक्रबार बिहान भएको आगलागीबाट ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहका अनुसार बिहान करिब ४ बजेको समयमा विद्युत सर्ट भएर गोठ घरमा आगलागीमा परेर उनको मृत्यु भएको हो । आगलागी भएको बेला यादव गोठ घरमै सुतिरहेका थिए । अचानक आगलागी भएपछि यादव भाग्न नसकेर र आगो निकै सल्किएको कारण बचाउन प्रयास गर्दा पनि नसकेर जलेको पीडित परिवारले बताएको छ ।

Advertisement

घटनास्थलसहित मृतक शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक साहले जानकारी दिए ।सो आगलागीमा करिब एक लाख मूल्य बराबरको सम्पति जलेर नष्ट भएको बताइएको छ ।

नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article