हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा पनि अन्तर्राष्ट्रिय आप्रवासन दिवस सम्पन्न

देवेन्द्र किशोर ढुंगाना- शुक्रबार अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालले पनि हरेक वर्षको डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउँदै आइरहेको रेन्युज डेलीले लेखेको छ।

Advertisement

यो वर्ष भने कोभिड सङ्क्रमण जोखिमका कारण अघिल्लो वर्षमा जस्तो कार्यक्रम राखिएको छैन। कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर सवै सुरक्षित हुने गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउनुपर्ने परिस्थिति सिर्जना भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

Advertisement

आप्रवासीहरुमाथि हुने विभेदलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघबाट सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका पारिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित भएको थियो। यो महासन्धि सन् २००३ जुलाई १ देखि लागू गरेपछि आजकै दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउन थालिएको हो।

दिवसको अवसरमा शुभकामना दिँदै श्रममन्त्री रामेश्वर राय यादवले सीपयुक्त जनशक्तिको विकासका लागि तदारुकताकासाथ गृहकार्य अघि बढाइएको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक लागि परेको दाबी गर्नुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)