समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका पत्रकारहरुको साझा संगठन” हल्दिवारी प्रेस क्लब गठन

हल्दिवारी गाउँपालिका भित्र रहेर विभिन्न अनलाइन ,रेडियो , टेलिभिजन ,पत्रपत्रिकामा काम गर्ने पत्रकारहरुको साझा संगठन ” हल्दिवारी प्रेस क्लब गठन गरिएको छ ।
हल्दिवारीका पुराना पत्रकार लेखनाथ सिवाकोटी “परदेशी “को अध्यक्षतामा बसेको भेलाले हल्दिवारी डटकमका प्रधानसम्पादक नेत्र बिक्रम बिमलिको संयोजकत्वमा ११ सदस्य तदर्थ समिति गठन गरेको छ ।
प्रेस क्लबमा निम्न पत्रकारहरु रहनु भएको छ । संयोजक – नेत्र बिक्रम बिमली ,सदस्यहरु – गोपिन पोखरेल ,हेमन्त मैनाली ,सुवास गौतम ,याम दङ्गाल ,लालकुमार मगर ,चेतन लामिछाने ,दिपेन्द्र कार्की ,देविका अधिकारी ,सोभा थापा र सदस्य सचिवमा हैकम राज घिसिङ लाई चयन गरिएको छ। सल्लाहकार समिती प्रमुख लेखनाथ परदेशी ,सदस्यमा नरेस प्रसाद चुडाल र मनकुमार शर्मा चयन गरिएको छ ।
हल्दिवारी प्रेस क्लब गठन पछि आयोजना गरिएको सुभकामना कार्यक्रमलाई हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि डम्बरबहादुर गिरि ,विशेष अतिथि नेपाल पत्रकार महासङ झापा सभापति तारामणि सापकोटा ,नेकपा हल्दिवारी इन्चार्ज धर्मराज सिवाकोटी ,नेपाली काङ्ग्रेस विशेष कार्यदल संयोजक तुलसी ओलि ,गाउँपालिका प्रवक्ता सागर पोर्तेलले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
हल्दिवारी प्रेस क्लबका प्रमुख सल्लाहकार लेखनाथ परदेशीको सभापतित्वमा भएको शुभकामना कार्यक्रममा अतिथी लगायत सहभागीहरुलाई स्वागत गोपिन पोखरेलले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण गठित क्लबका संयोजक नेत्र बिक्रम बिमलिले गर्नु भएको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article