विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल चीन सीमा हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु

देवेन्द्र आलोक – नेपालको चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु गरिएको छ। कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गत वर्ष हिल्सामै टिपर रोकिएका थिए। ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए।
सिमकोटमा रहेका पसलमा समेत चिनियाँ सामग्री अभाव रहेको थियो। करिब ९ महिना कोरोना सङ्क्रमण र ३ महिना हिमपातले बन्द रहेको हिल्सामा पुगेर ८ वटा टिपरले खाद्यान्न ल्याउन थालेका रेन्युज डेलीले लेखेको छ। सदरमुकाम सिमकोटबाट गएका टिपर हिल्सा पुगेर सोमबार फिर्ता भएका छन्। यही मङ्सिरको पहिलो साता नारा र यारी लेकमा परेको हिउँ स्थानीयवासीले बेल्चाको सहायताले पन्छाएपछि गाडी हिल्सा पुगेर फिर्ता भएको दोर्जे लामाले जानकारी दिनुभएको छ।
यस्तै चीनबाट लकडाउनपछि पहिलो पटक १२ वटा गाडीले हिल्सासम्म पुगेर सामग्री पुर्याएका थिए। नाम्खा गाउँपालिकाको पहलमा वडा नं १ देखि वडा नं ५ सम्मका स्थानीयवासीको आवश्यकता पूरा गर्न चिनियाँ दूतावाससँगको समन्वयमा सामान आयात भएको हो। दैनिक उपभोग्य बस्तु लत्ताकपडा चीनको ताक्लाकोट हुँदै हिल्सा पुगेका छन्।
एक वर्षदेखि ताक्लाकोटमा रहेका व्यापारीले २ करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायतका सामान खरिद गरेका थिए। उनीहरुले गाडीमा सामान ढुवानी गरेर नेपाल पठाएको ताक्लाकोटमा रहेका कैलाश व्यापार महासङ्घका उपाध्यक्ष पेमा लामाले जानकारी दिनुभयो।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article