समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज बिहानै प्रधानमन्त्रीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता ९० सांसद हस्ताक्षर भएको खुलाशा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ९० सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ ।

नेकपाका सचेतक देव गुरूङका अनुसार बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

सचिवालय स्रोतका अनुसार दर्ता नम्बर १ रहेको उक्त प्रस्तावमा ९० सांसद हस्ताक्षर छ।

सचेतक गुरूङले संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको बताए। उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)