राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ओलीले संविधानको धज्जी उडाए, सबैले प्रतिवाद गरौंः डा. भट्टराई

झापा। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन्। साथै उनले यसको सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए। यसको चौतर्फी आलोचना भइरहेको छ।

Advertisement

एक भिडियो सन्देश जारी गर्दै भट्टराईले भनेका छन्, ‘ यसले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडाएको छ। यो लोकतन्त्रको मर्म विपरित छ, संविधानको प्रावधान विपरित छ। नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन।’ उनले सबैतिरबाट ओलीको यस कदमको प्रतिवाद गर्न आह्वान गरेका छन्।

Advertisement

नयाँ संविधानमा हामीले राजनीतिक स्थिरता कायम गर्नको निम्ति प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष किटान गरेका थियौँ। विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा संसद् विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको विपरित संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको खबर जुन प्राप्त भएको छ, यो अत्यन्त दुःखद् छ।

यसले हिजो कै संसदीय व्यवस्थाको अस्थिरता निम्तायो र यसले संविधानसभाबाट हामीले सुधारिएको प्रणाली ल्याएको धज्जी उडाएको छ, यो लोकतन्त्रको मर्म विपरित छ। संविधानको प्रावधान विपरित छ। यसले नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिबाद गरिनुपर्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article