काठमाडौँ । सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ ।

संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । त्यसैगरी निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा। जानकी तुलाधरको नाम सिफारिस भएको छ ।

कुन आयोगमा को सिफारिस गरिएका छन् – हेर्नुस् सूची
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख 3- प्रेम राइ ,सदस्य- जयबहादुर चन्द, किशोर सिलवाल
निर्वाचन आयोग
आयुक्त- रामप्रसाद भण्डारी, डा .जानकी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष-टपबहादुर मगर, सदस्य- मनोज दुवाडी, सूर्य ढुंगेल , लिली बस्नेत थापा ,मीहिर ठाकुर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग
जुद्ब गुरुङ, अम्मरराज मिश्र
महिला आयोग
अध्यक्ष- कमला पराजुली सदस्य-कृष्णकुमारी पौडेल , विद्याकुमारी सिन्हा
राष्ट्रिय दलित आयोग
अध्यक्ष- देवराज विक , सदस्यह-मीना सोब , पर्शुराम रम्तेल , तुन्ज बराइली, मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष- रामप्रसाद खत्री, सदस्य – रामचन्द्र जोशी , रामकृष्ण तिमिल्सिना, हरिदत्त जोशी
आदिवासी जनजाती आयोग
अध्यक्ष- रामबहादुर थापा,सदस्य-मिनश्रीस मगर, मेन्चुङ लामा ,रिना राना ,चरण राई
मधेसी आयोग
सदस्य- जिवत्स साह , रेणुदेवी साह , विजय गुप्ता ,
थारु आयोग
सदस्य- विकास चौधरी , वविता चौधरी , सुवोध सिंह , भोलाराम चौधरी
मुस्लिम आयोग
सदस्य- महमुद्दिन अली , मिर्जा अरसद बेग