साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : सेवा शुल्क

  • राज कुमार कार्की

भयो नेपाल बेरोजगार उत्पादन गर्ने भाडो।
नीति नियम समय सापक्ष नहुदा भयो घाँडो।।

Advertisement

देशमा ठूलै परिवर्तन नभएको पनि त हैन।
लोकतत्र देखि गणतन्त्र सम्म केही नयाँ छैन।।

Advertisement

वैदेशिक रोजगारमा सधै नै छ है खटपट।
सरकार भने किन कुरो बुझ्दैन फेरि हतपत।।

गाँठी कुरो गर्दैछु दस हजारले सेवा शुल्क पुग्दैन अहिले।
सरकार कुरो सुन्छ एनजीओ आइएनजीओको जहिले।।

सरोकारवाला सँग कहिल्यै छलफल नगर्ने।
खालि डलर खेती वालाको मात्र भर पर्ने।।

सरकार खालि कागजमा मात्र पादर्छ ठिक्क।
रोजगार दाता कम्पनी पनि अब त भैसके दिक्क।।

नेपाल मात्र हैन है हजुर कामदार पठाउने देश।
दक्षिण एशियाली मुलुक धेरैले पठाउछ्न बिदेश।।

सबैको मिल्दोजुल्दो कानुन भए हुन्थ्यो राम्रो।
तर के गर्नु कसैको कुरो सुन्दैन सरकार हाम्रो !

र वा कमा राखि जहिले कलम रडकाउने।
हलो अड्काइ गोरुलाई मात्र किन पडकाउनेरु

बिदेशीले भन्छ्न सबै देशलाई बराबर तलब दिने।
नेपाल सरकार भने किन एकलौटी निर्णय लिने !!

कम्पनी भएकै छ्न राजी फ्री भिसा टिकट दिन।
पाउनु पर्छ एक महिनाको तलब सेवा शुल्क लिन।।

भारतमा भारु तीस हजार सेवा शुल्क लिन पाउछ।
टिकट काटेर सरासर गन्तव्य मुलुक जानपाउछ।।

कति कम्पनीहरु भन्दछ्न सेवा शुल्क नदिने।
अरु देशहरुले चाहिँ कामदार बाट लिने।।

यस्तो पनि छ है हजुर त्यताको नि चलन।
यो कुरो सुनेर कोही पनि नहुनुहोस है जलन।।

अरु देशमा आफै टिकट काटेर जानेछ चलन हेर।
त्यसैले कोटा पनि पाउदछ्न नेपाल भन्दा धेर।।

सरकार कानुन बनाइ यता मात्रै त छेक्ने।
अरु देशहरूले के के गर्दैछ्न उता नदेख्ने !!

नेपाल सरकार चाहिँ यता मात्र गर्ने ढिपी।
अरु देशबाट कामदार लान्छ्न टपक्क टिपि।।

युरोप अमेरिका पनि खाडी देशमा गर्छन काम।
उनीहरुले नि पाउदछ्न है त्यहाँ ठूलै रकम।।

सरकार भने ठूलो ठूलो भाषण मात्र गर्ने।
जनता भने जहिल्यै किन हो भोकभोकै मर्नेरु

प्राइभेट मेनपावरलाई फ्री भिसा टिकट भन्ने।
आफू इजरायल कोरिया जाने बाट लाख गन्ने।।

सरकार व्यापारी हो कि त हजुर के होरु
जनतालाई यो कुरा बुझ्न सारै नै गाह्रो भो।।

जुन देशबाट छिटो छरितो सँग हुन्छ काम।
त्यही देशको मात्र कम्पनीले लिन्छन् नाम।।

त्यसो हुँदा माग पत्र अनि भिसाहरु सब।
अरु देशले मात्र लान्छ्न है होस पुर्‍याउ अब।।

भन्नु पर्ने कुराहरू त अरु पनि छ्न हजुर धेर।
चाडो छ्लफल गर सरोकार वाला सग बसेर।

बर्णन गरे हजुर कवितामा सब मनले देखेर।
गाली गलौज नगर्नु हजुर कमेन्टमा लेखेर।।

परिचय दिनु पर्दछ जहिल्यै आफ्नो सभ्य।
तब मात्र भन्दछ्न रहेछ कुल खानदान भब्य।।

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article