साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भोग पुगेछ

– टीका पोखरेल
स्याललाई दसा लाग्यो भने शहर पस्छ भन्थे
भोग सबै पुगे पछी काल खोज्छ भन्थे ।
दुई तिहाइको बहुमतले मात लागेछ
कमाउनिस्टको यो देशमा भोग पुगेछ ।।
बद्नाम गर्यौ कम्युनिस्टको बाटो बिराएर
भ्रष्टाचारको दलदलमा देशलाई पुर्याएर ।
लुट्यौ होला पुग्ने जति छोरा नातिलाई
जनताको ख्याल गरेनौ रोज्यौ बिनासलाई ।।
जे गरेछौ ठिकै गर्यौ पालो पुग्यो तिम्रो
अब लुट्न अर्कै आउँछ ढेक्का हैन तिम्रो ।
सत्ता उन्माद लागे पछी यस्तै हुँदो रैछ
तिम्रो नाटक हेर्नू हाम्रो नियति नै रैछ ।।
तिमिलाई बहुमतले पोल्न थालेछ
भोगविलासले तिम्रो मन जल्न थालेछ ।।
निदाएको बाघलाई सुत्नै दिएनौ
मौन बस्न जनतालाई धरै दिएनौ ।।
गल्ती गर्यौ कम्युनिस्टको खोल ओढेर
चुनाव ताका जनतालाई झुट बोलेर ।
केहि दिन पर्ख अब न्याय पाउँछौ होला
सत्ता बाहिर बस्ने रहर पुरा हुन्छ होला ।।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article