साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हामी : टीका पोखरेल

उनलाई देशको बेवास्ता छ नोट भए पुग्छ
छैन वास्ता जनताको भोट भए पुग्छ ।
हामी जनता उस्तै नै छौँ चोट भुली हाल्छौं
जे गरे नि लुरुलुरु भोट खसालिहाल्छौं ।।

Advertisement

कार्यकर्ता हैन हामी दास जस्तै भयौं
जिवनभर उनको सेवा गर्दैमा रमायौं ।
झर्ला अनि खाउँला भनी पालो कुरेर
हाम्रो आफ्नै अस्तित्वलाई गयौं भुलेर ।।

Advertisement

समस्या त हामी मै छ नायक खोज्दै बस्छौं
लुटेरा को विकल्पमा लुटेरा नै रोज्छौं ।
जनता हामी अचम्म का उनलाई सघाउने
एक दिनको मासुभातले बर्षौं अघाउने ।।

हाम्रै कारण शासकहरु भए थेत्तरा
सम्हालेर राख्छौं हामी तिनै कचेरा ।
अघिअघि गाली गर्छौं उनी ूमाथिू छँदा
म्याँम्याँ गर्दै मुख बाउँछौं भोट माग्न आउँदा ।।

हाम्रा स्वामी भाग्यमानी जे गरे नि छुट
जति सक्छौ सुख स्वार्थ मज्जा गरि लुट ।
किन मान्नु पिर चिन्ता किन गर्नु सुर्ता
फेरि जित्ने तिमी नै हौ तिम्रै हो यो बिर्ता ।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article