हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रपतिले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्।

Advertisement

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

Advertisement

एमालेले नै गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो। लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए।

खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि पनि ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिए। सांसद नरहेपछि छ महिना मात्रै मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)