राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मुक्ति मोर्चामा प्रबेशको लहर

देशबन्धू क्षेत्री – झापा।“राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को उदघोष गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक एवं अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज एक प्रेस वक्तव्य जारी गर्दै “रमेश चौधरी (साह) को संयोजकत्वमा १०१ सदस्य धनुषा जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिका कमिटी गठन गरिएको जनाउनु भएको छ ।
प्रेस वक्तव्यमा भनिएको छ कि, देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न हामी “जनतन्त्र सहितको राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को उदघोष सहित निर्णायक आन्दोलनको अन्तिम तैयारीमा रहेको सर्वविदित नै छ ।
उक्त महान उद्देश एवंए लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला-बल-आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ । सबैलाई धन्यवाद एवं शुभकामना ।
यसै क्रममा हिजो मिति २०७७/०९/०६ गते सोमबारका दिन विभिन्न राजनीतिक दल परित्याग गरि १०० भन्दा बढी धनुषा जिल्लाको लक्षमीनीयाँ गाउँपालिकाका विशेष ब्याक्तित्वहरु, क्रान्तिकारी देश-भक्त राजनीतिक एवं सामाजिक अगुवाहरु “जनतान्त्रिक तराई मुक्ति मोर्चा” मा प्रवेश गर्नुभएको सबैलाई जानकारी गराउँद छौँ, साथै वहाँहरुलाई जनतान्त्रिक परिवारमा स्वागत गर्दै वहाँहरुको सफल कार्यकालको कामना साथ आजकै तिथिमिती देखि लागु हुनेगरी श्री रमेश चौधरी (साह) ज्युको संयोजकत्वमा श्री नरेश साह, श्री बेचन यादव, श्री संदेश मण्डल, श्री अनिल मण्डल, श्री कमालु यादव, श्री रामजिवन साह, श्री देविन्दर यादव, श्री विरेन्द्र यादव, श्री अशोक यादव, श्री धिरज यादव, श्री विवेक यादव, श्री संजीव यादव, श्री मंगल मण्डल, श्री बिनोद यादव सदस्य रहेनेगरी १०१ सदस्य जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानको “लक्षमीनीयाँ गाउँपालिका जनपरिचालन समिति” गठन गरिएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article